भाेली १२ बजे कांग्रेस संसदीय दलको बैठक बस्ने

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने पार्टीको संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुने बताइएको छ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ।

प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ।