आज प्रधानमन्त्री ओलीसँग सांसदकाे १ घण्टा प्रश्नोत्तर

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच आज १ घण्टा प्रश्नोत्तर हुँदैछ। दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ।