सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।
सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको गएराति हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका अनुसार उनको हत्या भएको खबर गएराति १ बजे प्रहरीसमक्ष पुगेको थियो।
घटनास्थल पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा भेटाएको थियो। डिएसपी श्रेष्ठका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।