
प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको स्थलमा निरीक्षणका लागि विमानस्थल पुग्नु भएकाे छ ।उहाँ अाफैले विमानस्ठलमा पुगेकाे तस्विर सामाजिक संज्जालमा पाेष्ट गर्नु भएकाे छ । उहाँ दुख व्यक्त गर्नु भएकाे छ ।
उहाँले सामाजिक सज्जालमा लेख्नु भएकाे छ नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु । भनिएकाे छ ।
बिहान ११ः११ मा काठमाडौंबाट इन्जिन परीक्षणका लागि पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र दुर्घटनामा परेको थियो ।
विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घाइते भएका पाइलटको उपचार भइरहेको छ । विमानमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेको बताइएको छ ।