त्रिवि सभा बैठक सुरू

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट) मा सहभागी हुनुभएको छ ।
आज बिहान १० बजेबाट सुरु भएको विश्वविद्यालय सभा बैठक (सिनेट) मा प्रधानमन्त्री विश्वविद्यालयको कुलपतिका हैसियतले सहभागी हुनुभएको हो । सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ । बैठक विश्वविद्यालयको सभा हलमा जारी छ ।