
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन्।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक दिउँसो ३ बजे बोलाइएको कर्णाली प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरूङले बताए।
कुल ४० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत लिन २१ जनाको समर्थन आवश्यक पर्दछ। कँडेल नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
प्रदेश सभामा हाल नेपाली कांग्रेसका १४ र नेकपा एमालेका १० सांसद छन्। दुई दलका प्रदेश सभा सदस्यको मत उनलाई विश्वासको मत पाउन पुग्ने छ।