मन्त्रिपरिषदको बैठक बस्दैछ। बैठक दिउँसो ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं-तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको छ।