भारतका विदेश सचिव काठमाडौं आइपुग्नु भयो

भारतका विदेश सचिव विक्रम विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमण यहाँ आइपुग्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँलाई स्वागत गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार दुवै  देशका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेश सचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भारतका विदेश सचिवको यो भ्रमण नियमित हो । उहाँ हालै विदेशसचिवमा नियुक्त हुनुभएको हो । उहाँको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *