अगस्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस

अगस्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । प्रत्येक वर्ष १२ अगस्टमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसले युवा पुस्ताको भूमिका, चुनौतीहरू र भविष्यको सम्भावनालाई उजागर गर्न महत्त्वपूर्ण अवसर प्रदान गरिरहेको छ ।

युनेस्कोका अनुसार, विश्वभर ६० लाखभन्दा बढी युवा शिक्षा प्रणालीबाट बाहिर छन् । यसका विभिन्न कारण छन् । तल्लो आय भएका देशहरू (खासगरी अफ्रिकी राष्ट्रहरू)मा युवाको बेरोजगारी दर उच्च छ । कोरोना महामारीको प्रभावले युवाहरूको मानसिक स्वास्थ्यमा ठुलो असर पारेको छ । कतिपय देशका युवामा डिप्रेसन, चिन्ता र अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढिरहेका छन् ।

आविष्कार गर्न, राजनीतिक परिवर्तन गर्न वा समृद्धि ल्याउन युवाहरूकै भूमिका विशेष हुन्छ । त्यस कारण युवाका बारेमा विभिन्न कोणबाट बहस हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *