मधेस प्रदेशका ८ जना राज्यमन्त्री हटाइए

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्री मध्ये केहीकाे राजिनामा र केही हटाइएका  छन्।

मधेसमा नेकपा (एमाले) का ३, नेपाली कांग्रेसका २, जनमतका २, लोसपाका एक राज्यमन्त्री थिए।

अब मधेस सरकारमा कांग्रेसका चार, एमालेका चार, जनमतका मुख्मयन्त्रीसहित तीन र लोसपाका एक मन्त्री छन्। सिके राउत नेतृत्वको जनमत पार्टीका सांसद सिंह मधेसमा मुख्यमन्त्री छन्। उनले पछिल्लो पटक ५ जना राज्यमन्त्री नियुक्त गरेका थिए।

मुख्यमन्त्री सिंहले राज्यमन्त्रीहरूलाई पदबाट राजीनामा दिन भनेका थिए। सोअनुसार सत्तारूढ नेकपा (एमाले) का तीन जना राज्यमन्त्रीले सोमबार नै राजीनामा बुझाएका थिए।

एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले पार्टीबाट राज्यमन्त्री भएकाहरूले राजीनामा दिइसकेको बताए।