आजै टीआरसी विधेयक पास गरिदै

फाइल तस्बिर

संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक संसदबाट पास हुने तयारीमा छ। सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)  छाेटाे बाटो  ‘फाष्ट ट्रयाक’बाट पारित गर्न  लागेको हो।

मंगलबार पेस भएको विधेयका आज बस्ने प्रतिनिधिसभाको बैठकले पास गर्ने कार्यसूची रहेको छ।  दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले “कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव गर्नुहुने संसद् सचिवालयले जनाएको छ।

आजकै बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस् भनी कानुनमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रमुख तीन दल हुँदै कानुन समितिबाट सहमतिमै सदन पुगेको यो विधेयक तीन दलको मात्र नभएर सिंगो संसदको स्वामित्वमा पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *