नेकपा (एमाले)को लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । बुटवलस्थित मुख्यमन्त्रीको निवासमा प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा शनिबार बसेको संसदीय दलको वैठकले यसअघि उपनेता रहेका आचार्यलाई नेता चयन गरेको हो ।
यस्तै उपनेतामा भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । दल नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन् । चौधरी यसअघि पनि प्रमुख सचेतक थिए । सचेतकमा भने दाङकी रेखाकुमारी शर्मा थिइन् ।