परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछिन् । आइतबार चार दिने भ्रमणका लागि भारत पुगेकी उनले भेटवार्ता सकेर आज काठमाडौं फर्किन लागेकी हुन् ।
सचिवालयका अनुसार मन्त्री राणा अवतरण भएलगत्तै विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा मन्त्री राणाले भ्रमणबारे ब्रिफिङ गर्नेछिन् ।