एमालेले आज मिसन-८४ तेस्रो अभियान ल्याउदै

नेकपा (एमाले)ले तेस्रो चरणको कार्यक्रम ल्याउने तयारी गरेको छ ।

आम निर्वाचन २०७९ पछि दुईवटा अभियान सम्पन्न गरेको छ ।

सरकारको नेतृत्व गरिरहेको एमालेले तेस्रो चरणको कार्यक्रम आगामी चुनाव २०८४ सम्मकै लागि ल्याउने भएको छ । तेस्रो चरणको कार्यक्रमबारे निर्णय लिन भोलि  १ बजे सचिवालय बैठक बोलाइएको छ ।

केन्द्रीय कार्यालयको बैठकले पार्टीको आगामी कार्यक्रमबारे सचिवालयले निर्णय गर्ने एजेण्डा तय गरेको छ । आमचुनाव ०८४ लक्षित हुनेछ ।

तेस्रो चरणको अभियानमा भने नेताहरुलाई आफ्नै भूगोलको जिम्मा दिइनेछ । गत १७ असारकै बैठकले नेताहरुलाई आफ्नो पायक पर्ने क्षेत्रकै जिम्मेवारी दिइएको छ । अबको सचिवालय बैठकले ती नेताहरुले गर्ने कार्यक्रम सार्वजनिक गर्ने तयारी छ ।