प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ ।
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे आइपुग्ने कार्यक्रम छ। त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनु हुनेछ । सरकारले बाढी पहिरोबाट मृत्यु भएका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने बारे पनि निर्णय हुन सक्ने सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।
गत असोज चार गते संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क जानू भएको थियो । ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्नु भएको थियो । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरुसँग साइडलाइन वार्तासमेत गर्नु भएको थियो । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परी १ सय ९२ जनाको ज्यान गइसकेको छ। अबौंका भौतिक संरचनामा क्षति भएको छ।
थाहाखबरबाट