नेकपा एमालेको सचिवालय बैठक बसेरा होटलमा चलिरहेको छ । केन्द्रीय कार्यालयमा बाढी पसेपछि एमालेले बसेरा होटलमा सचिवालय बैठक बोलाएको हो । गत शुक्रबारको बाढी पहिरोपछि एमालेको पहिलो सचिवालय बैठक बोलाइएको हो । बैठकले बाढी पहिरो पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाबारे निर्णय गर्ने तयारी छ ।