राष्ट्रपति पौडेलले एक महिनाको तलब उद्धार कोषमा प्रदान गर्ने

फाइद तस्विर

राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ।

उहाँको सचिवालयले भनेको छ, ‘‘राष्ट्रपति रामचन्द्र पौडेलले हालै आएको बाढी पहिरो  पीडितको राहतको लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने हुनुभएको छ।’’

यसैगरी उहाँका विज्ञ सल्लाहकारले एक हप्ताको तलब सुविधा प्रदान गर्नुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *