प्रकृति, मानिस र जीवको अस्तित्व सूर्यसँग जोडिएको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति, मानिस र अन्य जीवको अस्तित्व सूर्यसँग जोडिएको बताउनुभएको छ ।

छठको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सूर्यको उपासना गरिने यस वर्षको जीव र जीवनसँग विशेष महत्त्व भएको उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिँदै ओलीले सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएको स्मरण गराउनुभएको छ ।

ओलीले छठको अवसरमा सबैलाई शुभकामना दिनुभएको छ । ‘सूर्यको उपासना गरी मनाइने छठ पर्व, आज, प्रकृति, मानिस र अन्य जीवहरूको अस्तित्व सूर्यसँग जोडिएको छ, सूर्यलाई ग्रहहरूले गर्ने परिक्रमाबाट नै समयको माप सुरु भयो, हाम्रा पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएका छन्, सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठको अवसरमा सबैलाई शुभकामना’, ओलीले लेख्नु भएको छ ।