दलितबस्तीका १९१ जनाले पाए लालपुर्जा

वर्षौँदेखि लालपुर्जाका लागि प्रतिक्षमा रहेका दलित विपन्न समुदायहरूले आफू बसोबास गरिरहेका जग्गाको लालपुर्जा पाएपछि हर्षित भएका छन् ।

लहान–२० का ६५  श्री प्रसाद मोची लालपुर्जा वितरण हुने भएको खबर पाएपछि अति हर्षित मुद्रामा देखिनुहुन्थ्यो । आफ्नो जीवन कालमा आफैले भोग गरिरहेको जग्गाको लालपुर्जा नपाउने निरासा लालपुर्जा पाएपछि आसा भरोसामा परिणत भएको खुसी साट्नुभयो । १९१ जनाले लालपुर्जा पाएपछि सबै दलित समुदायको  एउटै स्वर थियो,‘देशमा गणतन्त्र र स्थानीय सरकार आएपछि दलित विपन्न समुदायको समस्या बुझेकोमा लालपुर्जा पाएर आज अति नै खुसी भएका छौँ । हाम्रो सरकारले गरिबको दुख बल्ल बुझेको छ ।’

घर भएको जग्गाको लालपुर्जा नहुँदा कति वेला घरबारविहीन हुने पिडाबाट मुक्त भएको सतो सदायले  लालपुर्जा ग्रहण गरेर खुसीले गद गद हुँदै हर्षको आँसु झार्दै निराशालाई आशामा बदलिन वडाध्यक्ष गणेश चौधरी नगरप्रमुख महेश प्रसाद चौधरी र नापी कार्यालयका प्रमुख लालबाबु यादवलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो,‘दलित विपन्नहरूको पीडा बुझ्न सरकारले अभिभावकको काम गरेको महसुस भएको छ ।’

लालपुर्जा वितरण कार्यक्रममा नगरप्रमुख महेश प्रसाद चौधरीले भन्नुभयो,‘लहान नगरपालिकाका १९ हजार दलित समुदायको जनसङ्ख्या रहेको छ । अधिकांश दलित समुदाय सुकुम्वासी रहेकोले आवासको लागि नगरपालिकाले आफ्नो बजेट, सङ्घ र प्रदेश सरकारको बजेट ल्याएर समेत दलित विपन्नहरूको समस्या समाधान गर्न लागि परेका छौँ । ग्रामीण क्षेत्रमा गाउँ ब्लोक र सहरी क्षेत्रमा रहेको बहाल बिटुरी जग्गाको लालपुर्जा वितरणको लागि सम्बन्धित निकायहरूमा निर्वाचित भएकै समयदेखि निरन्तर लागि परेका छौ ।

लहान वडा नम्बर –२० दलित समुदायको बाहुल्य भएको यस वडामा दलित विपन्न समुदायहरूले लालपुर्जा पाएपछि अब व्यवस्थित आवासको लागि र सुरक्षित जीवनको लागि स्वास्थ्य उपचारको लागि लहान नगरपालिकाले लहानको दक्षिणी भेगमा पर्ने वडाहरूको लागि व्यवस्थित अस्पताल र मजदुरहरूको लागि जीवन सुरक्षा कार्यक्रम ल्याई दिन नगरप्रमुख चौधरीको ध्यान आकर्षण गराउनु भएको थियो ।

सर्वेक्षकहरूको तर्फबाट नापी कार्यालय लहानका प्रमुख लालबाबु यादवले नापी भएका गाउँ ब्लोकका जग्गाहरुको लालपुर्जा लहान नगरपालिकाभित्र अझै वितरण गर्ने कार्य बाँकी रहेको भन्दै यस कार्यलाई निरन्तर दिइरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *