रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं लगियाे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अपराह्न काठमाडौं लगिएकाे छ। उनलाई अपराह्न ६ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको हो। स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको कसुरमा बयानका लागि उनलाई काठमाडौं लगिएकाे हो। विमानस्थलमा रवि लामिछानेको पक्षमा नाराबाजी समेत भएको थियो।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो। सभापति लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ। सरकारी वकिल कार्यालय काठमाडौंमा शुक्रबार सम्भवत: बयान लिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *