प्रधानमन्त्री ओलीले १८ तले भवन उदघान गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा निर्माण भएको  बहुपयोगी १८ तले भवनकाे आज उदघाटन गर्नु हुने भएको छ।  दमक नगरपालिका-३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्माण भएको हाे ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्।

सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले जानकारी दिनु भयो ।

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको  शिलान्यास गर्नु भएको थियाे ।