जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ ।
पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो । आज बिहानैदेखि तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ ।
कतै हुस्सु–कुहिरो र कतै वर्षा–हिमपातको असरले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा असर पर्न सक्ने र जाडो पनि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष हिउँदे बुलेटिन जारी गरी वर्षा र हिमपातको प्रक्षेपण सार्वजनिक गरेको थियो ।