सामाजिक एकता हाम्रो ताकत हाे: महासचिव पाेखरेल

जापान भ्रमणमा रहनु भएका नेकपा (एमाले) का महासचिव शंकर पाेखरेलले हाम्रो सामाजिक एकता  हाम्रो(नेपालकाे) ताकत हाे भन्नु भएको छ ।

उहाँले साे कुरा जापानमा बस्ने नेपालीकाे संस्था प्रवासी नेपाली मञ्चले नागाेया जापानमा आयाेजित कार्यक्रम बताउनु भएको हाे । महासचिव पाेखरेलले राजनीतिलाई सही दिशामा लगाउने हाे हाम्रो देश समृद्ध बन्ने बताउनु भयो ।

राज्य कमजोर छ, नागरिक कमजोर हैन है । सहत्तरी लाखसम्म तिरेर अबैध बाटोबाट अमेरिका जाने गरेका छन । त्यो त्यही समाजबाट लिएको हाे । त्यो सहत्तरी लाख लिएर गर्छ के ? अमेरिकामा भाैतिक सुविधा पाउला तर नेपालमा त्यसैले मालिक बन्छ । त्यही खर्चले अमेरिकामा पार्टटाइम जब हाेल्डर बन्छ । त्यसै याे हुनुको कारण के हाे भन्नेमा हामी जानू पर्छ । उहाँले नेपालकै थकाली समुदाय यसरी बिदेश जाने र जागिर खाेज्दै हिड्दैन् । बरू व्यवसायकाे खाेजि गर्लान् भन्नु भयाे । देशमै काम गर्ने वातावरण बनाउनु पर्छ र त्यसका लागि अहिलेकाे सरकार लागिकाे बताउनु भयो ।

महासचिव पाेखरेलले राज्य र नागरिक जाेडनु पर्दछ । त्यसाे भएन भने देश बन्दैन । अबको यात्रा राज्यलाई नागरिकसँग जाेड्ने काम गर्नु पर्दछ भन्नु भयाे । कमजोर राज्यले नागरिकलाई बलियो बनाउन सक्दैन, त्यसै नागरिक बलियो बनाउनलाई राज्य पनि बलियो बनाउनु पर्ने  महासचिव पाेखरेलले बताउनु भयो ।

समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्नका लागि एउटा महत्त्वपूर्ण क्षेत्र प्रवासी नेपाली  भएको बताउनु भयो ।

जापानकाे र प्रवासी नेपाली जापानका लगानी नेपालमा भित्र्याउने महत्त्वपूर्ण भुमिका हुनेछ र त्यसका लागि सरकार सहज कानुनी प्रक्रिया बनाउने तयार रहेको बताउनु भयो । उहाँ १५ गतेदेखि २३ गतेसम्म जापान विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमका लागि जानू भएको छ ।