पशुपतिमा साधुसन्तको चलहपहल बढ्यो

भोलि (बुधबार) महाशिवरात्रि पर्व धूमधाम साथ मनाइँदै छ । यसका लागि पशुपति क्षेत्रमा महाशिवरात्रिको चहलपहल सुरु भइसकेको छ ।शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ । शिवरात्री पर्वका लागि नेपालसहित भारतलगायतका देशबाट साधुुसन्तसहित भक्तजनहरुको भिड लाग्न सुरु भएको छ ।