उपकुलपति प्रा.डा. केसीलाई पाेखरामा सम्मान

पाेखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसीलाई राेल्पा पाेखरा सम्पर्क समाज र राप्ती सल्यानी सेवा समाजले पाेखरामा सम्मान गरेकाे छ ।

राेल्पा र सल्यानबाट पाेखरामा स्थायी र अस्थायी रूपमा बसाेबास गर्ने विभिन्न पेशा व्यवसाय गर्नेले उपकुलपति प्रा.डा. केसीलाई सम्मान गरेका हुन । सम्मान कार्यक्रम राेल्पा पाेखरा सम्पर्क समाजको भवनमा आयाेजना गरिएको थियोे । सम्मान ग्रहण गर्दै उपकुलपति प्रा.डा. केसीले पदमा रहुन्जेल र सेवा अवधि पछि पनि विश्वविद्यालयमा उदाहरणीय कार्य गर्नका लागि समाजका सबै आमा, बुवा र दाजुभाइकाे सहयोग आवश्यक पर्ने बताउनु भयो । उहाँले विश्वविद्यालयले दिने सेवा सुविधामा कसैलाई विभेद नगर्ने र विश्वविद्यालयलाई प्राज्ञिक, सेवामुखी बनाउन जन्म थलाेका सबैकाे सहयोग, सुझाव पर्ने भएकोले यसका लागि जनुसुकै र जतिबेला पनि आफू तयार रहेको बताउनु भयो ।

उपकुलपति प्रा.डा. केसीलाई समाजका अध्यक्ष, सल्लाहकार र अग्रजले सम्मान गरेको राप्ती सल्यानी सेवा समाजका सल्लाहकार ढुण्डी बैरागीले जानकारी दिनु भयो । सम्मान कार्यक्रममा दिलिप राई, विमल भण्डारी, वीरसिं बुढा, सुन्दर बुढामगर, रामकुमार बुढा मगर, पूर्णजित पुन, आस्मान राेका लगायतका अग्रजले सम्मान गर्नु भएको बैरागीले जानकारी दिनु भयो ।