प्याब्सन अध्यक्षमा अधिकारी सर्वसम्मत चयन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । अन्य पदमा भने आज निर्वाचन हुने छ ।

प्याब्सनको अध्यक्षमा टिका पुरीले पुनः दोहोरिने आकांक्षा राखेका थिए  तर पुरी पछि हटेपछि  अधिकारी सर्वसम्मत अध्यक्ष बन्ने बाटो खुलेको हो ।