नेपालगन्जमा रहेको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।
मंगलवार राति सम्पन्न मतगणनामा २३४ मतका साथ अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएको क्याम्पसका सूचना अधिकारी सरोज हरिजनले नेपाल प्रेसलाई जानकार दिए ।
सचिव र कोषाध्यक्षसहित सबै पदमा अखिलकै उम्मेदवार निर्वाचित भएको उनले बताए ।