मार्च २४ अर्थात विश्व क्षयरोगका विरूद्ध चेतना जगाउदै मनाइँदैछ। क्षयरोगविरुद्ध जनचेतना जगाउने, सरल र सहजरूपमा उपचारको प्रबन्ध गर्ने र गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ।
यो वर्ष ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ। यो दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धिलाई सम्झिने अवसर समेत प्रदान गरेको छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ। उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन्। विश्वव्यापीरूपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ।