राप्ती साेनरीले सेवामा नागरिकसँग अन्तरक्रिया

बाँकेको राप्ती सोनारी गाउँपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनवाई मार्फत नागरिकसँग सेवामा सुझाव लिने र जानकारी गराउने अन्तरक्रिया गरेको छ ।

गाउँपालिकाले दिने सेवा सुविधा विषयक दोस्रो चौमासिक सार्वजनिक सुनवाई राप्ती सोनारी गाउँपालिका वडा नं.१ मा १ सय ५० जनाको सहभागितामा उक्त सार्वजनिकसुनुवाई कार्यक्रम गरिएको हो।

मोहन डागीले पालिका स्तरीय अनुगमन गर्नु पर्ने तथा वडाको बजेट र पालिकाको बजेट बाट वडा नं.१ को विकास बारे जिज्ञासा राखेका थिए । त्यसै गरी गिता चौधरी, चिरञ्जीवी केसी  लगाएतले कृषि पशु लगाएतका विषयमा  प्रश्न र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा जवाफदेही वक्ताका रुपमा राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिसा सिह चौधरी, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी, वडा अध्यक्षहरु, पालिका स्तरीय स्वास्थ्य ,कृषि, पशु , रोजगार, योजना लेखा, शिक्षा लगाएतका प्रमुखहरुले जवाफ दिएका थिए । कार्यक्रममा ५ बुदे प्रतिवद्धता समेत व्यक्त गरिएको थियो ।

राप्ती सोनारी गाउँपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा दोस्रो चौमासिक सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको थियो ।