अध्यक्ष ओली नेपालगन्ज आउदै

१० मंसिर, नेपालगन्ज ।
बामगठवन्धनका उम्मेदवारको चुनावी प्रचारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार नेपालगन्जमा आउदैहुनुहुन्छ । वहाँसँगै वामगठवन्धनका अन्य केन्द्रीय नेताहरु समेत नेपालगन्ज आउने कार्यक्रम तय भएको संयुक्त वामगठवन्धन निर्वाचन परिचालन कमिटी बाँकेका संयोजक दिनेशचन्द्र यादवले जानकारी दिनुभयो ।


बाँम गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि आफ्ना कार्यकर्तामा उत्साह, निर्देशन तथा आफ्ना विचार जनमासमा पुगाउनका लागि नेकपा एमाले र नेकपा(माओवादी केन्द्र)का नेता देश दौडामा रहेका छन् । पहिलो चरण निर्वाचनमा देशका विभिन्न स्थानमा संयुक्त बाम गठनबन्धनले निर्वाचनका लागि आमसभा गरिसकेको छ । अब हामी आफ्ना कुरा जनमासमा पुगाउन र हाम्रा पक्षमा किन मतदान गर्न आवश्यक छ भन्ने कुरा केन्द्रीय नेताबाट आम नागरिकलाई जानकारी गराउन चहान्छौं त्यसै सिलसिलामा पार्टीका केन्द्रीय अध्यक्षलाई बाँक जिल्लामा ल्याउन लागेका हौ भन्नु हुन्छ एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, हामी भोली ३ बजे नेपालगन्जको मुख्य केन्द्र त्रिभुवन चोकमा कार्यक्रम गर्दैछौं ।
एमाले अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय नेताहरु भोली दिउसो बर्दियामा आमसभा सकेर नेपालगन्ज आउन लाग्नु भएको हो । दिउसो ३ बजे नेपालगन्जको त्रिभुवनचोकमा वामगठवन्धनले आयोजना गरेको सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली सहित वामगठवन्धनका केन्द्रीय नेताहरुले सम्वोधन गर्नु हुने छ ।
वामगठवन्धनबाट बाँके क्षेत्र नं. १ प्रतिनिधि सभामा महेश्वर गहतराज, प्रदेशसभा १ क बाट कृष्णा केसी, प्रदेशसभा १ ख बाट आरती पौडेल, प्रतिनिधिसभा क्षेत्र नं. २ बाट पशुपतिदयाल मिश्र, प्रदेशसभा २ क बाट कामता खटिक, प्रदेशसभा २ ख बाट बिजयकुमार गुप्ता, प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट नन्दलाल रोकाय, प्रदेशसभा ३ क बाट आईपी खरेल र प्रदेशसभा ३ ख बाट बाबुराम गौतम उम्मेदवार रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *