राम बहादुर रावत
१० मंसिर, कोहलपुर । बाँके निर्वाचन क्षेत्र नं. १ (ख) अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. ७ मा आज नेपाली काँग्रेसले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बाँके निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले स्थानीयसँग भेटघाट गर्दै कोहलपुरको विकास र समृद्धिका लागि जनताले लोकतन्त्रिक गठबन्धलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।
उहाँले बाँके क्षेत्र नं. १ (ख)को विकास र समृद्धि नै आफ्नो प्रमुख मुद्वा भएकाले विकासप्रेमी जनताले आफुलाई जनताको सेवा गर्ने अवसर दिन अनुरोध गर्नु भयो । घरदैलो अभियानका क्रममा स्थानीय जनताहरुले आफ्ना विकासका समस्याहरु गौडेल समक्ष राखेका थिए । नेताहरु संधै विकासका सपनाहरु मात्र देखाएकाले अब विकास गर्ने नेतालाई भोट दिने एक स्थानीयले बताए । घरदैलो अभियानका क्रममा प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले यस क्षेत्रको विकासका लागि आफु संधै तयार रहेको र विकासका लागि विशेष योजनाका साथ अगाडि बढ्ने वताउनु भयो । साथै आफुलाई निर्वाचित भए पछि कोहलपुर वडा नं. ७ का जनताको आर्यआर्जन वृद्धिका लागि विशेष कार्यक्रमहरु ल्याउने बताउनु भएको छ ।
आईतबारै कोहलपुर वडा नं. १० पनि घरदैलो अभियान सम्पन्न भएको छ । बाँके निर्वाचिन क्षेत्र नं. १ (ख) प्रदेश सभाका उम्मेद्वार नारायण प्रसाद गौडेलले कोहलपुर वडा नं. १० कोहलपुरको मुटु भएकाले यसको भौतिक विकास गर्नका लागि आफुलाई निर्वाचित गराउने जनतासँग अनुरोध गर्नु भयो । साथै स्थानीयले व्यवस्थित बसोबास, डुबानको न्यूनिकरण, खानेपानी, विद्युत लगायतका समस्याहरु समाधान गर्न गौडेल समक्ष अनुरोध गरेका थिए ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि बाँके क्षेत्र नं. १ मा लोकतन्त्रीक गठबन्धबाट प्रतिनिधि सभामा माधवराम खत्री र क्षेत्र नं. १ (ख) मा नारायण प्रसाद गौडेले घरदैलो अभियानलाई तिव्रता दिनु भएको छ ।