महिलालाई आर्थिक रुपले सक्षम बनाउन माईतीको तालिम

नेपालगन्ज : सिकेको सीपलाई व्यावसायमा बदल्न सके आईपर्ने जोखिम आफै हराएर जाने एक कार्यक्रमका सहभागिले औल्याएका छन् । घरेलुहिंसा पीडित तथा बेचविखनको जोखिममा पर्न सक्ने महलिाको लागि लक्षित गरी माईती नेपाल नेपालगन्जले बर्दियाको बढैयाताल गाउपालिका मैनापोखरमा आयोजना गरेको १२ दिने सीप मुलक  खेलौना  निर्माण  तालिमको  समापनका  सहभागिले  सो कुरा औल्याएका हुन ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकरप्रसाद थारुले महिलाहरु आर्थिक रुपमा सवल नहँुदा उनीहरु माथी बढि थिचोमिचो हुने हिंसामा पर्ने भएकोले गर्दा उनीहरुलाई आर्थिक रुपले सशक्त बनाउनका लागि यस्ता सीपमुलक तालिमहरु उपलब्धी मुलक हुने बताए । उनले भने–‘ आर्थिक रुपले महिलालाई सक्षम बनाउन सके सबै समस्याको हल हुने भएकोले महिलालाई सीप मुलक तालिम दिदै आय आर्जनको वाटोमा ल्याउनु आवश्यक छ । तालिममा सिकेको कुरा व्यवहारमा पनि उतार्नुहोला ।’
माईती नेपाल नेपालगन्जले बर्दियामा विभिन्न चरणमा गरेर गुडिया तथा व्युटिपार्लर तालिममा करिव ८१ जना महिला तथा किशोरीहरुलाई तालिम दिइएको जनाएको छ । माइती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोइरालाले तालिममा सहभागि महिलाहरुको आर्थिकरुपमा सवल बनाउनका लागि तालिमले मात्र नहुने हुदाँ केही सहभागिहरुको आर्थिक अवस्था हेरी तालिमा सिकेको सीपलाई व्यावसायमा उतार्न चाहे उनीहरुलाई आर्थिक सहयोग समेत गर्न सकिने बताए ।
कार्यक्रममा सहभागि स्थानीय महिला चिनमाया पुनले तालिम प्राप्त गरी सकेपछि खुशी प्रकट गर्दै उनले सिकेको कुरा व्यवहारमा प्रयोगमा ल्याउने बताईन । उनले भनिन–‘तालिममा सहभागि भएर धेरै कुरा सिक्ने मौका पाईयो यहाँ सिकेको कुरालाई व्यवहारमा उर्तादै व्यावसाय सञ्चानल गर्ने सुर बनाएकी छु ।’
सहभागि सिता न्यौपानेले आफुहरुले उत्पादन गरेको सामाग्रीले बजार पाउन नपाउने हो कि भनेर सुरुका दिनमा आफु चिन्तित भएको बताउदै अव भने सामान तयार मात्र गर्न सके हातहातैमा विक्रि हुने भएकोले पनि हौसला बढेको बताईन । तालिमकी सहभागि लक्ष्मी सुनारले १२ दिनको तालिमले धेरै कुरा सिक्न नपाए पनि तालिममा जानेको कुरा मात्रै बनाउन थाले पनि घरमै बसेर फुर्सदको बेलामा बसिवियाँलो पनि हुने आयआर्जन पनि हुने भएकोले आफु जस्ता गृहणीको लागि यो तालिम उपयोगी भएको बताईन ।
कार्यक्रममा ,महिला तथा बालवालिका कार्यालय बर्दियाका अधिकृत गिरा कुमारी बस्नेत, जिल्ला बर्दिया सहायता समिति संयोजक लक्ष्मी नेपाल, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, पे्रस चौतारी नेपालका केन्द्रीय सदस्य भेषराज वस्नेतलगायतको सहभागिता रहेको थियो । सदरलाइनडटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *