नेपालगन्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उपमहासचिवमा नेपालगन्जका डेकनाथ गौतम निर्वाचित हुनुभएकौ छ ।
चितवनमा सम्पन्न महासंघको पाँचौ अधिवेशनमा गौतमले ८ सय ४० मत प्राप्त गरी विजयी हुनुभएको छ । गौतम भेरी अञ्चल यातायात व्यवसायी संघका अध्यक्ष समेत हुन् । वहाँ यसअघि पनि महासंघको उप–महासचिव हुनुहुन्थ्यो ।
अध्यक्षमा भने बाँकेका डोलनाथ खनाल पराजित हुनुभएको छ । उहाँलाई २ सय ७९ मत अन्तरले पछि पार्दै योगेन्द्रनाथ कर्माचार्य निर्वािचत हुनुभएको छ । कर्माचार्यले ९ सय ८७ मत प्राप्त गर्नुभयो भने डोलनाथ खनालले ७ सय ८ मत प्राप्त गर्नुभयो । कर्माचार्यलाई नेपाली काँग्रेसको समर्थन रहेको थियो भने खनाललाई बाम गठबन्धनको समर्थन रहेको थियो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा विजय वहादुर स्वार, हरिशरण केसी र दिपक अधिकारी विजयी हुनुभएको छ । उपाध्यक्षमै पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति , जित वहादुर भारती , रामप्रसाद सुवेदी, एन कुमार साई, कृष्ण प्रसाद सुवेदी र प्रभु प्रसाद कलवार विजयी हुनुभएको छ । यस्तै मालवाहक तर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी हुनुभएको छ ।
महासचिवमा १ हजार ४२ मतका साथ पुण्य प्रसाद सिटौला विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी भरत नेपालले ४ सय ८३ मत प्राप्त गर्नुभयो । यस्तै उपमहासचिवमा बसन्त भण्डारी, डेकनाथ गौतम र रवि रिमाल विजयी हुनुभएको छ । सचिवमा ६९८ मत प्राप्त गरी नन्दलाल श्रेष्ठ,६२९ मत प्राप्त गरी शम्भु प्रसाद रिजाल र ६१६ मत प्राप्त गरी शेखरनाथ सिटौला विजयी हुनुभएको छ ।
कोषाध्यक्षमा ८ सय ५ मत प्राप्त गरी किरण कुमार खड्का र सहकोषाध्यक्षमा ७३६ मत प्राप्त गरी डम्वर राज पन्त विजयी हुनुभएको छ । चितवनको टाँडीमा सम्पन्न यातायात व्यवसायी राष्ट्रिय महासंघको पांचौ राष्ट्रिय महाधिवेशनले संघिय संरचना अनुसार नयाँ समिति चयन गरेको छ ।