नेपालगन्ज–गत विहीवार भारत बहराईच जिल्लाको रिसियामा दुर्घटनामा गम्भीर घाईते भएका नेपालगन्जका इमरान अली हल्वाईको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा इमरानका बाबु मुन्नबर हल्वाई र पूर्व प्रहरी नायव निरीक्षक रोशन शाहको घटनास्थलमै मृत्यु भएको थियो ।
उनीहरु सवार जिप र ट्रक एकआपसमा ठोक्किदा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका इमरान अली हल्वाईको लखनउमा उपचारको क्रममा सोमवार राती निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
उक्त दुर्घटनामा नेपालगन्जकै संग्राम शाह, र अंगुर खड्का पनि घाइते भएका छन् ।
मृतक हल्वाई मंसिरमा सम्पन्न प्रतिनिधीसभामा नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । हल्वाई नेपालगन्जमा मुनब्बर मोटर ड्राईभिङ्ग टे«निङ्गका संचालक समेत हुन् । मृतक शाह पुर्ब प्रहरी नायब निरिक्षक हुन् ।