भोलि हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, प्रदेश नं. ५ बाट ३ सय ५जनाले मतदान गर्दै

भोलि हुने राष्ट्रियसभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ।
आज मुख्यालयमा पत्रकार सम्मेलन गरी आयोगले मतदानमा ढुक्क भएर सहभागी हुन सबै मतदातालाई आह्वान गरेको छ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्यले मत हाल्न पाउँछन्। निर्वाचनमा कूल २ हजार ५६ जना मतदाता (निर्वाचक मण्डल) छन्।
बुधबार बिहान १० देखि १ बजेसम्म निर्वाचन हुनेछ। निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए। प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरस्थित पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिक सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ।
आयोगले दिएको जानकारी अनुसार निर्वाचनका लागि २१ राजनीतिक दलहरुले भाग लिन निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट ८३ जनाको उम्मेदवारी दर्ता भएको थियो। ६ जना उम्मेदवारले नाम फिर्ता लिएका र एक जनाको उम्मेदवारी रद्द गरिएको पनि आयोगले जानकारी दिएको छ।
२४ जना निर्विरोध निर्वा्चित भएको र अब ३२ पदका लागि मात्रै निर्वा्चित हुने आयोगले बताएको छ। बुधबार हुने निर्वाचनका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
यसैबीच, भोलि हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नं. ५बाट ३ सय ५ जनाले मतदान गर्दैछन् । घोराहीको कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा ५ जना चुन्न प्रदेश सभाका ८७ जना सांसद् र स्थानीय तहका २ सय १८ जना प्रमुख उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो ।
त्यसका लागि तयारी पूरा भएको रावलले जानकारी दिनुभयो । यो चुनावमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ हुने उहाँले बताउनुभयो । एउटा प्रदेशबाट जम्मा ८ जना चुनिनेमा ३ महिला कोटामा यसअघि नै निर्विरोध भइसकेको छ । कोमल वली, मिना बुढा र अनिता देवकोटा निर्विरोध भएका छन् ।
प्रतिनिधि सभा चुनावमा झैं रााष्ट्रिय सभा चुनावमा पनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन चुनावी प्रतिष्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *