नेपालगन्ज– प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीको नाममा सहमति जुटेको छ। बुधबार सुर्खेतमा बसेको प्रदेश कमिटीको बैठकले मुख्यमन्त्रीमा शाहीलाई चयन गरेको हो।
वाम गठबन्धनको सहमति अनुसार प्रदेश ६ को मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको थियो।
लामो समयको आन्तरिक छलफलपछि शाहीलाई मुख्यमन्त्री बनाउन प्रदेश कमिटिले सहमति जुटाएको हो। पार्टीको तर्फबाट मुख्यमन्त्रीको टुंगो लगाउन पार्टी हेडक्वार्टरबाट जनार्द शर्मासमेत सुर्खेत पुगेका थिए।
शाहीको नाममा लगभग सबैको सहमति देखिएकोले भोलिको बैठकले औपचारिक रुपमा शाहीको नाममा निर्णय गर्ने नेता शर्माले बताएका छन् । प्रदेश ६ को मुख्यमन्त्रीमा नरेश भण्डारी र शाहीले दाबी गर्दै आएका थिए।