राष्ट्रियसभामा ५६ मध्ये ३९ सिटमा वामगठवन्धनः एमाले २७, कांग्रेस १३ र माओवादी १२

नेपालगन्ज–राष्ट्रियसभामा निर्वा्चित हुने ५६ जनाकै टुंगो लागेको छ। राष्ट्रियसभामा वाम गठबन्धनको वर्चस्व देखिएको छ। ५६ मध्ये ३९ सिटमा वामपन्थी गठबन्धनले जितिसकेका छन्। एमाले एक्लैले २७ सिट जितेको छ। माओवादीले १२ र कांग्रेसले १३ सिट जितेको छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समान २र२ सिट जितेका छन्। कुल ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान छ।

राष्ट्रियसभा सदस्यको लागि प्रदेश नम्बर ५ मा बुधबार भएको निर्वाचनको मतपरिणाम बेलुका सार्वजनिक भएको छ । निर्वाचन परिणामअनुसार एमाले र माओवादीले दुई।दुई सदस्य जितेका छन् भने कांग्रेसले एक सदस्य जितेको छ ।क्रमशस् खिमलाल भट्टराई, चन्द्रबहादुर खड्का, दुर्गाप्रसाद उपाध्याय, रामलखन चमार, राजकुमार कुँवर खुलामा एमाले, माओवादी केन्द्र र कांग्रेसले एकरएक सदस्य जितेका छन् । दलितमा एमाले र अपांग अल्पसंख्यकमा माओवादी केन्द्र विजयी भएका छन् ।

प्रदेश नं. ५ बाट विजयी राष्ट्रियसभा सांसदहरु।

खुलामा एमालेबाट रुपन्देहीका खिमलाल भट्टराई ३ हजार ६, माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्रबहादुर खड्का २ हजार २ सय ८० र कांग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय २ हजार ४ सय १८ मतभारका साथ विजयी भएका छन् । तीन जना उम्मेदवारले ल्याउनुपर्ने मतभार भन्दा बढी मत पाएपछि विजयी घोषणा गरिएको निर्वाचन अधिकृत हेमन्त रावलले बताए । एकल संक्रमणीय निर्वाचन प्रणालीअनुसार विजयी हुन एकजना उम्मेदवारले १ हजार ९ सय ६८ मत ल्याउनुपर्ने थियो । खुलामा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार दाङका रश्मीराज नेपालीको मतभार १ सय ३८ रहेको छ ।

दलितमा एमालेबाट पश्चिम नवलपरासीका रामलखन चमार ५ हजार ५ सय ८ मतभार प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसबाट बाँकेका मैकुलाल बाल्मिकीले २ हजार ३ सय ७० मतभार प्राप्त गरेका छन् । अपांग तथा अल्पसंख्यक कोटामा माओवादी केन्द्रबाट रोल्पाका राजकुमार कुँवर ५ हजार ३ सय ४० मतभार प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसबाट रुकुम पूर्वका लुटबहादुर खत्रीले २ हजार ५ सय २० मतभार प्राप्त गरेका छन् ।

बिहिबार बिहान ८ बजे दाङ देउखुरी जिल्ला अदालतमा एक कार्यक्रमको आयोजना गरी निर्वा्चित राष्ट्रियसभा सदस्यहरुलाई विजयी प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृत रावलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *