आइसिसी विश्व क्रिकेट लिग डिभिजन–टु प्रतियोगिताः नेपालले आज आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दै

नेपालगन्ज–आइसिसी विश्व क्रिकेट लिग डिभिजन–टु प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा आज आयोजक नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल डब्लुएपी मैदानमा नेपाली समयअनुसार दिँउसो सवा १ बजेदेखि सुरु हुनेछ।
डिभिजन–टु को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका नेपाल तथा नामिबिया दुवैका लागि पहिलो खेल महत्वपूर्ण छ ।
प्रतियोगिताका लागि नेपालले युएईमा एक साता अभ्यास गरेको थियो। अभ्यासका दौरान नेपालले युएई ’ए’ सँग खेलेका ३ मध्ये २ अभ्यास खेलमा जित हात पारेको थियो। युएई भ्रमण उपलब्धिमूलक भएको नेपाली टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले बताउनुभयौ । ’युएई भ्रमणले टिममा सकारात्मक प्रभाव पारेको छ। टिममा रहेका सबै खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरैको’ मल्लले बताउनुभयो।
डिभिजन–टु का लागि नामिबियाले दक्षिण अफ्रिकामा तयारी गरेको थियो। दक्षिण अफ्रिकाको प्रदेशस्तरीय प्रतियोगिता खेल्दा टिम बलियो बनेको नामिबियाका भरपर्दा ब्याट्सम्यान स्टेफिन बार्डले बताएका छन्।
नेपाल र नामिबियाबीच ३ वर्षबीचमा चौथो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् २०१५ मा नामिबियामै भएको डिभिजन–२ को खेलमा नेपालले जित निकालेको थियो। ट्रस्टको युनाइटेड मैदानमा भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हराएको थियो। पहिले ब्याटिङ गरेको नामिबिया १ सय ४२ रनमा अलआउट भएको थियो। कप्तान पारस खड्काले ६४ रन जोडेपछि नेपालले ७ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो।

नेपाली टिमका खेलाडीहरु ।

सन् २०१६ अप्रिलमा नेपाल र नामिबियाबीच डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत २ खेल भए। कीर्तिपुरस्थित टियू मैदानमा भएको दुवै खेलमा नेपाल विजयी भएको थियो। पहिले खेलमा नेपालले ५ विकेटको जित निकालेको थियो। नेपालले १ सय ९६ रनको लक्ष्य ५ विकेटको क्षतिमा पार गरेको थियो। नेपालका लागि शरद भेषावकरले नटआउट ५० र विनोद भण्डारीले नटआउट ४० रनको योगदान गरेका थिए।
दोस्रो खेलमा नेपालले नामिबियालाई ३ विकेटले हरायो। नामिबियाले दिएको २ सय ४० रनको लक्ष्य नेपालले १ बल खेल्न बाँकी छँदा ७ विकेटको नोक्सानीमा पार ग¥र्यो। खेलमा कप्तान पारस खड्काले शतक (१०३ रन) प्रहार गरेका थिए।
नामिबिया विरुद्धको पछिल्लो खेलमा शतक प्रहार गरेका कप्तान पारस खड्का आज हुने खेलमा जित निकाल्ने योजनामा छन्। पारस पहिलो खेल भएकाले नेपाललाई भन्दा आयोजकलाई बढी दबाब भएको बताउँछन्। आज हुनै खैलमा नेपाली टिमबाट ः कप्तान पारस खड्का , ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल वैकल्पिक खेलाडी– सुनिल धमला, ललित राजवंशी, सिद्धार्थ लोहनी, किशोर महतो रहैका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *