जरिवाना छुुट दिएर बक्यौता उठाउँदै नेपाल टेलिकम

नेपालगन्ज  । नेपाल टेलिकम नेपालगन्ज कार्यालय अन्तरगत सञ्चालनमा रहेका ल्याण्डलाईन टेलिफोन सेवा प्रयोग गरेर महशुल नतिर्ने ग्राहकले जरिवाना छुटको फाईदा उठाउदै धमाधम पुरानो बक्यौता तिर्न थालेका छन् ।
नेपाल टेलिकम नेपालगन्ज कार्यालयका प्रमुख प्रेमप्रसाद शिलवालले पुरानो बक्यौता उठाउनको लागि जरिवानामा छुट दिएको बताए । उहाँले व्यक्ति भन्दा पनि सरकारी कार्यालयको बढी बक्यौता रहेको जानकारी दिनुभयो । टेलिकमले आगामि दिनमा महशुल बक्यौता नरहोस भनेर क्रेडिट लिमिट कायम गर्दै धरौटी रकम बराबर मात्र सेवा सुचारु हुने, धरौटी रकम सकिएपछि आफै सेवा अबरुद्ध हुने सिस्टम लागु गर्न लागेको शिलवालले बताउनुभयौ ।

नेपाल टेलिकम नेपालगन्ज कार्यालय ।

नेपाल टेलिकम नेपालगन्ज कार्यालय अन्तरगत बाँके, बर्दिया, डोल्पा, हुम्ला, र मुगुका गरी विभिन्न ग्राहकको करिव डेढ करोड पुरानो बाँकी बक्यौता रकम उठ्न बाँकी रहेको लेखा अधिकृत लालबहादुर विष्टले जानकारी दिए । उहाँले जरिवाना छुटको सूचना अनलाइन तथा विभिन्न सञ्चारमाध्याममा जारी गरेपछि करिव ३ लाख जति पुरानो बक्यौता रकम उठेको बताए ।
बाँकी रकम तिर्नको लागि संबन्धित ग्राहकको नाममा पत्राचार तथा सबै नेपाल टेलिकमको मोबाईल ग्राहकलाई समेत एसएमएसबाट समेत सुचना पठाईएको र यति गर्दा पनि बक्यौता तिर्न नआए तीन पुस्ते खुल्ने गरी नाम सार्वजनिक गर्ने र त्यस्ता ग्राहकलाई नेपाल टेलिकमको कुनै पनि सेवा प्रयोग गर्न नदिने गरी कालो सुचीमा सम्म राख्न सक्ने विष्टले बताउनुभयौ ।
कार्यालयका सुचना अधिकारी मुक्तिनाथ ज्ञवालीले ल्याण्डलाईन सेवा प्रयोग गरेर लामो समयसम्म पनि टेलिकमको बक्यौता नतिर्ने ग्राहकहरुका लागि नेपाल टेलिकमको १४ औं स्थापना दिवसको अवसर पारेर पुरानो बक्यौता तिरे जरिवाना छुट दिने योजना ल्याएपछि केही ग्राहकले पुरानो बक्यौता महशुल तिर्न आएको बताउनुभयौ ।
उहाँले अव मोबाईलको जस्तै धरौटी रकम बराबरमात्र कुरा गर्न पाईने गरी क्रेडिट लिमिट कायम गरीन लागेको बताए । यसले टेलिकमले क्रेडिटमा सेवा नै नदिएपछि फोन सेवा प्रयोग गरेर महशुल नतिर्ने हो कि भन्ने जोखिम नहुने दाबी गरे । नेपाल टेलिकमले पुरानो बक्यौता रकम तिर्न आउने ग्राहकलाई माघ महिनासम्म जरिवाना छुट दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *