नामिबियामाथि नेपालको १ विकेटको जित, आज ओमानसँग प्रतिष्पर्धा गर्दै

नेपालगन्ज–आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलो खेलमा नेपालले रोमाञ्जक जित हात पारेको छ। नेपालले बिहीबार भएको खेलमा नामिबियालाई १ विकेटको झिनो अन्तरले पराजित गरेको हो।
नामिबियाले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ४ बल खेल्न बाँकी छँदा ९ विकेटको क्षतिमा लक्ष्य पार गरेको हो।
नेपालको जितमा बसन्त रेग्मीले नायकीय प्रदर्शन गरे। उनले नटआउट २४ रन जोडे। २४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। उनले ४९ ओभरमा एक छक्का र ५० ओभरमा एक चौका प्रहार गरेपछि खेल नेपालको पक्षमा आएको हो। अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको बेला उनले पहिलो बलमा ४ रन र दोस्रो बलमा २ रन लिएका थिए। तेस्रो बल वाइड भएपछि खेल नेपालले जित्यो। ४९ ओभरमा उनले ६ छक्का हिर्काउँदा नेपालकौ लागि ९ रन जोडेका थिए।
त्यसअघि नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन जोडेर खेलिरहदा खेल वर्षाले रोकिएको हो। वर्षा रोकिएपछि सोमपाल कामी १३ रनमा विलियम्सबाट बोल्ड भए। त्यसपछि मैदान छिरेका सन्दीप लामिछानेले बसन्त रेग्मीलाई गतिलो साथ दिँदा खेल नेपालले जित्यो। सन्दीपले ६ बल खेलेर १ रन जोडे। उनी नै म्यान अफ द म्याच बने।
खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ दोस्रो ओभरमै शून्य रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो। त्यसपछि मैदान छिरेका कप्तान पारस १९ रन भन्दा बढी जोड्न सकेनन्। पारसले ३५ बलमा २ चौका हिर्काए।
ओपनर ज्ञानेन्द्र मल्ल १५ रनमा आउट भए। उनले ४५ बल खेलेर १ चौका प्रहार गर्न सके। आरिफ शेख शून्य रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ६ रनमै पेभिलियन फर्के। करण केसीले पनि ३ भन्दा बढी रन जोड्न सकेनन्।
आसा गरिएका ब्याट्सम्यान शरद भेषावकर २९ रनमा आउट भएका थिए। उनले ६७ बलमा ३ चौका प्रहार गरे। रोहिकुमार पौडेल पनि १७ रन बनाएर खेलिरहँदा स्कोल्सको एलबिडब्लूको धरापमा परे।
त्यसपछि सोमपाल कामी र बसन्त रेग्मीले केही आसा देखाएका थिए। बलिङतर्फ नामिबियाका बिएम स्कोल्जले ४ विकेट र क्रियाग विलियम्सले ३ विकेट हात पारे।
त्यसअघि एब्लुएपी मैदानमा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट भयो।बलिङतर्फ सन्दीप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले ३ विकेट हात पारे। सन्दीपले ८.२ ओभरमा १८ रन खर्चिँदा २ मेडन राखे। सोमपालले ७ ओभरमा ३५ दिए भने १ मेडन फ्याँक्न सफल भए। नेपालका लागि सरद भेषावकर,कप्तान पारस खड्का र बसन्त रेग्मीले १–१ विकेट आफ्नो नाममा लेखाए।

सन्दीपले महत्वपूर्ण विकेट लिने क्रममा नामिबियाका क्रियाग विलियम्सलाई ४१ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा परेका थिए। विलियम्सले नामिबियाका लागि सबैभन्दा बढी रन जोड्ने क्रममा ३४ बल खेलेर ८ चौका प्रहार गरे। यस्तै, सन्दीपले सारेल वर्गरलाई पनि शून्य रनमा एलबिडब्लूकै सिकार बनाए। सन्दीपले बेर्नान्ड स्कोल्सलाई १ रनमा पारसबाट क्याच गराए। सन्दीपले अन्तिम विकेटको रुपमा जेजे स्मिथलाई १८ रनमा कप्तान पारसबाटै क्याच गराएका थिए।
कप्तान पारस खड्काले इरासमसलाई शून्य रनमा बोल्ड गरेका थिए। शरदले जेएन फ्लाइलिंकलाई २२ रन बनाएर खेलिरहँदा विकेटकिपर दिलीप नाथबाट क्याच गराए। बसन्तले जेपी कट्जेलाई ९ रनमा आउट गरे।
सोमपालले सुरुवाती ३ विकेट लिए। सोमपालले पहिलो ओभरमा एलपी भान डेरलाई शून्य रनमा बोल्ड गरेका थिए। यस्तै, उनले पाँचौं ओभरमा स्टेफन बार्डलाई १८ रनमा आउट गरे। सोमपालले तेस्रो नम्बरमा ब्याटिङ गरेका जान ग्रिनलाई २२ रनमा बनाएर खेलिरहँदा बोल्ड गर्न सफल भए। बिहीबार भएका अन्य खेलमा क्यानडाले ओमानलाई तथा युएईले केन्यालाई पराजित गरेका छन्।
नेपालले शुक्रबार डब्लुएपी मैदानमै ओमानसँग प्रतिस्पर्धा गर्नेछ। डिभिजन–२ मा नेपाल र नामिबियासहित केन्या, क्यानडा, ओमान र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको शीर्ष २ भित्र पर्ने २ टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *