काठमाडौं- प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। नेकपा एमालेको संसदीय दलको नेताका लागि आज भएको निर्वाचनमा राईले पार्टी सचिव भीम आचार्यलाई पराजित गरेका हुन्। प्रदेशसभाका ५१ सांसदमध्ये राईले २६ र आचार्यले २४ मत पाए भने एक मत बदर भयो।
संसदीय दलको नेता सहमतिमा बनाउने प्रयास असफल भएपछि निर्वाचन भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता राई संसदीय दलको नेता बनेसँगै प्रदेश १ को मुख्य मन्त्री बन्ने निश्चित भएको छ।