नेपालगन्ज–नेपाल उद्योग संघको काठमाडौमा सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनले बाँकेका ओमप्रताप राणाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा तिलचन्द्र भट्टराई, उपाध्यक्षमा कल्पना लिम्वु, राजकुमार पाण्डे, चिन्तामणी बास्तोला, मितेशनन्दन मिश्रा रहेका
छन् ।
यसैगरी महासचिवमा इश्वरबहादुर गुरुङ, उपमहासचिवमा केशव धिताल, सचिवमा मनिषा सुब्बा, सह सचिवमा देवेन्द्र चौलागाई, कोषाध्यक्षमा राजेन्द्र थपलिया र सह कोषाध्यक्षमा शालिकराम तिमिल्सेना रहेका
छन् ।
४७ सदस्यीय कार्यसमितिमा ३५ सदस्य अधिवेशनबाट निर्वाचित भएका छन् । बाँकी सदस्यहरु प्रदेश समिति र मनोनित गरी कार्यसमिति पूरा गरिने अध्यक्ष राणाले बताए।