नेपालगन्ज–बाँके राजधानी संघर्ष समितिले दोस्रो चरणको कार्यक्रम घोषणा गरेको छ । समितिको हिजो नेपाली काँग्रेस बाँकेको कार्यालयमा बसेको बैठकले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणको आन्दोलनमा संकलन गरिएको हस्ताक्षर फागुन २ गते बुधबार दिउसो १ बजे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको छ ।
यसैगरी फागुन ५ गते शनिबार जिल्ला स्थित सञ्चारकर्मी सँग अन्तक्र्रिया , फागुन ७ गते सम्पूर्ण राजनीतिक दल, दलका भातृ संगठन, सम्पूर्ण संघ–संस्था, उद्योगी ब्यवसायी, प्राध्यापक, शिक्षक, नागरिक समाजको उपस्थितिमा वीपीचोकमा बृहत अन्तत्र्रिmया गर्ने, बाँकेका सम्पूर्ण गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामा जनप्रतिनिधिसँग छलफल र अन्तरक्रिया गर्ने र १४ गते प्रदेश न.५ का सम्पूर्ण बिधायकलाई भेटी राजधानीको अवधारणा पत्र बुझाउने कार्यक्रम तय भएको संघर्ष समितिका सह–संयोजक ललितकुमार रौनियारले जानकारी दिनुभएकौ छ ।