बुटवल । प्रदेश ५ को प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भए हुनु भएको छ । भोलि बस्ने प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।
सभामुखका लागि पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्तीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो । प्रदेश ५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत छ । दुई पार्टीको सहमति अनुसार प्रदेश नं. ५ मा प्रदेश प्रमुखमा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल प्रदेश मुख्यमन्त्रीमा र मााओवादीले सभामुख पाएको छ । भोलिको बैठकमा जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले घर्तीलाई सभामुख घोषणा गर्ने र शपथ ग्रहण गर्ने प्रदेश ५ को सचिवालयले जनाएको छ ।
मंगलबार माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तीले प्रदेश सचिबालयमा उम्मेदवारी दर्ता गराउनु भएको थियो । यस प्रदेशमा ८७ प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनसँग ६१ सांसद छन् । घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गर्ने बताउनु भयो ।
सभामुखका लागि ‘एकल उम्मेदवारीपछि भोलिको प्रक्रिया छोटो हुने भो, आधिकारिकता मात्रै भोलि हुनेछ’ प्रदेशसभा सहसचिव सुरेन्द्र अर्यालले बताउनु भयो । माओवादी सशस्त्र युद्धका बेला रुकुमको जनसरकार प्रमुख भएका घर्ती भूमे गाउँपालिका (९ रुकुममा २०२४ असार २९) मा जन्मिएनु भएका वीरबहादुर र जयकली घर्तीका छोरा उहाँ २०३६ सालबाट राजनीतिमा लाग्नु भएको थियो ।