खतिवडा, विडारी र पौडेल राष्ट्रियसभामा मनोनित

काठमाडौं । राष्ट्रिपति विद्या भण्डारीले राष्ट्रियसभा सदस्यका तीन सदस्य मनोनित गर्नु भएको छ । यससँगै राष्ट्रियसभाले पूर्णता पाएको छ । सरकारले मंगलबार विहान मात्र तत्कालिन शेरबहादुर देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै तीन जनाको नाम पठाएको थियो ।

पूर्वगभर्नर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगका पूर्वसदस्य विमला पौडेल राष्ट्रियसभा सदस्य मनोनित हुनु भएको हो । ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना चुनावबाट निर्वाचित र तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *