नेपालगन्ज। नेपाल वित्तिय संस्था कर्मचारी संघ राष्ट्र बैँक बाँकेको अध्यक्षमा लेखबहादुर पाण्डे निवार्चित भएका छन् । नेपालगन्जमा सोमवार भएको अद्यिवेशनले पाण्डेको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा आस्था सुवेदी,सचिवमा वसन्त जिसी,सह सचिवमा राहुल कनौजिया,कोषाध्यक्षमा मामराज पथिक,सदस्यहरुमा समिर कुमार सिंह, भोजराज भट्ट ,जुना श्रेष्ठ,निमिसा कुवँर रामनरेश तमौली र बनवारीलाल बाल्मीकी चयन हुनु भएको छ । निवतमान अध्यक्ष विष्णु वहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा संघको पार्षद सदस्यमा मा राम फेरन तमौली चयन हुनु भएको छ । राष्ट्र बैँकका कामु निर्देशक शैलेन्द्र रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा टे«ड युनिय बाँकेका अध्यक्ष विरेन्द्र शाह, नेपाल वित्तिय संस्था कर्मचारी संघ रष्ट्रिय समितिका केन्द्रिय सदस्य राजेन्द्र केसी, नेपाल वित्तिय संस्था कर्मचारी संघ बाँकेका अध्यक्ष वासुदेव रेग्मी, नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि विकाँस बैँकका क्षेत्रीय कार्य समिति अध्यक्ष नगेन्द्र शाह , नेपाल वित्तिय संस्था कर्मचारी संघ नेपाल बैँक लिमिटेड क्षेत्रीय अध्यक्ष दिपक ओली, लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो ।