सूर्य ढकाल
नेपालको राष्ट्रिय राजनीतिमा नेकपा एमालेले असाधारण महत्वको भूमिका खेल्दै आएको छ । आजको दुनियामा सोभियत संघको विघटन पछि विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेको संकटको अवस्था बाट हामीले निर्माण गरेको राजनीतिक बैचारिक बर्चस्व चानचुने कुरा होइन। विश्व राजनीतिक इतिहासमा एकै पटक एउटै समयमा एउटै टेबुलमा बसेर स्थानीय, प्रदेश, प्रतिनिधि सभा, राष्टिय र सभामा पहिलो शक्तिको रुपमा स्थापित र छरिएका कम्युनिष्ट पार्टीहरुलाई एउटै झण्डामुनि गोलवन्द गर्ने काम कसैले गयौ भने त्यो काम केपी वली शर्माको नेतृत्वमा सफल भएको छ । बर्चस्व काम गर्न कार्यले विश्वको ध्यान अहिले केपी वली प्रति आकृष्ट भएको छ ।
सोभियत संघको विघटन पछि विश्वमा कम्युनिष्ट पार्टीहरुलाई धाराशायी बनाउन खोजेको बेला हामीलाई पनि ठेगना लगाउने प्रयास भएका थिए। जनताको वहुदलीय जनवादको प्रकासमा हामीले तिनको सामना गर्दै आएका छौ।नेपालको यो राजनीतिक सफलता बाट कम्युनिष्ट विचारलाई कमजोर बनाउने भित्र र बाहिर बाट आकृमण गर्ने विश्वव्यापी अभियान असम्भव जस्तै भएको छ ।स्थापना काल देखि नै राष्टियता जनवाद र लोकतान्त्रिक आन्दोलनमा हाम्रो अग्रणी नेतृत्वदाहि भुमिका रहयौ । यहि कारणले अन्य मुलुकका कम्युनिष्ट पार्टी विरुद्ध भएका आक्रमण हामीमाथी सम्भव भएन । कमरेड पुष्पलाल, मदन भण्डारी देखी केपी वली सम्म आई पुग्दा यसले नयां उचाई प्राप्त गरेको छ ।परिर्वतनको झण्डा बोकेका सवैको लागि खुसीको क्षण हो ।
नेपाल कम्युनिष्ट पार्टी नेपाली सर्वहारा श्रमजिवि वर्गको राजनीतिक अगुवा र प्रतिनिधि सस्थाका रुपमा स्थापना भएको हो । नेपाली जनताको वर्गिया र सामाजिक मुक्ति र जनताको सार्वभौसत्ता,नेपालको स्वतन्त्रता, स्वाधीनता एव भगौेलिक अखण्डता र राष्टिय हितको रक्षा गर्न कम्युनिष्ट पार्टीको लक्ष्य हो । पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद र जनताको बहुदली जनवाद हो । पाटी एकताको आधार आजको आवश्यकता र जनताको चहाना पनि हो । त्यसको सैद्धान्तिक आधार र सम्पन्न भई सकेको निर्वाचन र जनताको वहुदलीय जनवाद नै हो ।पार्टीका आफना आर्दश मुल्य मान्यता हुन्छन् । पाटी एउटा निश्चित विधिद्वारा चल्छ । पार्टी कार्यक्रताको निष्ठा र विश्वासमा चल्छ ।कम्युनिष्ट विचार लिएका व्यक्तिहरुले कुनै पनि विषयवस्तुहरुलाई हेर्ने दृष्टिकोण द्धन्द्धात्मक भौतिकवादी विश्व दृष्टिबकोण हो । यसैका आधारमा हामीले समाज,राज्य,जनता,राजनीतिक र सबैलाई हेर्ने विश्लेषण गर्ने र संश्लेषण गर्ने गरिन्छ । कुनै पनि विषयको विश्लेषण गर्दा आग्रह पुर्वाग्रह भएर विश्लेषण गरिदैन।
नेपाली काँगेसको उत्पति विकास सत्ता संचालनको विकासलाई पनि हामी यहि दृष्टिकोणको आधारमा नै विश्लेषण गरेर निष्कर्षमा पुग्नु पदर्छ । २००४ साल देखि अहिले सम्म आउदा कागेस लोकतान्त्रिक शक्ति हो वा होइन द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण बाट गर्न जरुरी छ । नेपाली काँग्रेस प्रजातन्त्रका नाममा कलंक हो । परिवर्तनको वाधक हो राज्यको उत्पति भएपछि अहिलेसम्म आईपुग्दा संसारमा विविध किसिमका राज्यहरु प्रकट भएका छन् । विभिन्न राज्यहरुको उदयसँगै नेपालमा पनि सामान्ती राज्यको उदय भयो । नेपालमा पनि त्यही प्रक्रिया अगाडी बढदै आयौ। सामान्ती राज्य व्यवस्थामा वर्गसघर्षको विकास हुदै जादा पुजिवादी युग सुरु भयो । पुजिवादी राज्यलाई ध्वस्त गर्दै समाजवादी क्रान्त्रिको प्रक्रिया अगाडि बढी रहेको छ । नेपाली समाज अहिले राजनीतिक रुपमा यहि चरणमा आई पुगेको छ । राज्यका स्वरुपहरु वदलिएका छन जनताका चेतनाहरु बदलिदै आएका छन । सामाजिक न्याय र समानताको पक्षमा जनमत बलियो हुदै आएको छ । विज्ञान र प्रविधिले गर्दा मानव समाज क्रमश अगाडि बढ्दै जाने निश्चित छ । उत्पादनको प्रक्रिया विकसित हँुदै जान्छ । प्रविधिको विकास हुदै जाने छ । मानव समाज एउटा समुन्नत साम्यवादी समाजमा रुपान्तरित हुनेछ।
६२ ६३ सालको जनक्रान्ति श्रमजिवि वर्ग र पुजिपति वर्ग दुवैको संयुक्त सहकार्यमा यो परिर्वतन भए ता पनि काँगेसको गलत निति र सोचका कारण जनताले परिवर्तनको महसुुुुस गर्न पाएका थिएनन्। सघिय लोकतान्त्रिक गणतन्त्रको घोषणसगै नेपाली समाजमा युगान्ताकारी परिर्वतन भएको छ । यस ऐतिहासिक परिर्वतनको महान उपलव्धिका रुपमा रहेको नेपालको सविधान कार्यान्वयन यति बेला राष्ट्रको मुख्य कार्यभार थियो । समय सिमा भित्र स्थानिय प्रदेश र सघ को निर्वाचन सम्पन्न भई सकेके छ । राष्टको यो युगान्ताकारी परिर्वतनका लागी नेपाली जनताले विगत ७० वर्ष देखि अनेकौ शान्तिपुण जनआन्दोलन र सशस्त्र सघर्षहरु सञ्चालन गरेका छन । हजारौ योद्धाहरुले आफनो जविन बलिदान गरेका छन । हजारौ घाइते अगभग भएका छन । कयौले कठोर जेल जिवन विताएका छन । त्यसैको जगमा नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो ।
स्थानीय प्रदेशिक तथा प्रतिनिधि सभाको निर्वाचन सकिए पछि मुलुक पहिलो पटक आर्थिक एजेण्डा सहित प्रवेश गर्ने छ । यसको नेतृत्व केपी वली शर्माले गर्नु हुने छ । आर्थिक सम्वृद्धि प्राप्त गर्न पहिला आधारभुत तहमा आर्थिक संरचनहरु कानुन तथा नीति नियम कार्यप्रणाली र विकास प्रशासनका ढाँचा र संयन्त्रहरु भष्टचारले आक्रन्त भनेका हाम्रा मनहरु पनि परिर्वतन गर्न जरुरी छ । हाम्रा सोच संरचना करका दायराहरु परिवर्तन नगरे सम्म संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र निमाण गर्दै समृद्धको मार्गमा अघि बढन सजिलो छैन। गएको निर्वाचनमा नेपाली कागेसले प्राप्त गरेको मत भनेको परिवर्तन विकासको गति र जनताको समृद्धि नचाहाने मत हो ।
यो मतलाई परिवर्तनको एजेण्टामा हिडाउने चुनौति सवै भन्दा ठुलो चुनौति हो । मुलतः नेपालको समृद्धिका आधार,प्रणली संरचना,अवसर र अवरोधहरुको पहिचान उपयुक्तढगले गर्न सकिएन भने हाम्रो आर्थिक कदमहरु पुजिवाद विकास गर्न त अघि बढालन तर त्यस बाट समाजवाद उन्मुख नहुन पनि सक्छ ।चालिस लाख युवाहरु कामको खोजिमा विदेश भौतारिएको छ ।विदेशि श्रम वजार बाट काम सिकेर आएको युवालाई स्वदेशमै काम दिन सकिएन भने हामी जहाको त्यही मात्र होइन यो अवस्था मा पनि रहने छैनौ ।अहिलेको अधिकास आर्थिक क्रियाकलाप आफनै उपभोगको लागि हुने गरेको छ । जसले बजार अर्थतन्त्रको विकास भई नसकेो संकेत गदर्छ । महिला र पुरुषको ज्यालामा विभेद छ ।राजनीति र अर्थतन्त्र एक आर्कोका पुरक हुन जसरी ब्ििरगएको अर्थतन्त्रले राजनीतिक संकट निम्ताउछ त्यसै गरि लिकमा नहिडेको राजनीतिले अर्थतन्त्रलाई तहसनहस पार्छ ।
२००७ साल देखि अहिले सम्म नेपालको राजनीतिक लिकमा नहिडेकै कारण हामीले सघर्ष बलिदान गरेर प्राप्त गरेका उपलव्धिहरु बारम्वार घुम्ने र फेरि परिवर्तनको लागि संघर्ष गर्ने अवस्था विद्यमान रह्यो । स्थानीय प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि नेपालको राजनीति लिकमा आउन खोजेको छ । तर जनता बाट बिस्थापित देउपा सरकारले अर्थतन्त्रलाई तहसनहस बनाएर राजनीतिक संकट निम्ताउन खोजिरहेको थियो । हामी अहिले सामान्य अवस्थामा पनि छैनौ । बरालिएको राजनीतिलाई ठिक ठाउमा ल्याउन र अर्थतन्त्रलाई दुरुस्त गर्न आजको आर्को चुनौति हो । परिवर्तनका अठाइस वर्षमा नेपालमा एउटा पनि सम्झन लायक एउटा पनि उधोग संचालन आउन सकेन स्थापना भएका उधोग क्षेत्रको अवस्था दिनदिनै खस्किदो छ । देशमा रहेका प्रकृतिक साधन श्रोतलाई प्रयोग गरेर उधोग संचालन गर्न नसक्दा बेरोजगारका कारण लाखौ युवाहरु विदेशिन बाध्य छन । खुला अर्थतन्त्रको नाममा देशको अर्थतन्त्र उत्पादन मुखि नभएर दलाल प्रवृतिको हुन आउने प्रवृति जारि छ । उपभोगमुखि देशको अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपान्तरण गर्न सक्नु पदर्छ । धनी र गरिबिको बढदो असमानता राष्ट्रिय समस्या बनिरहेको छ । उर्जा संकट,पूर्वआधार विकासको अभाव, निर्वाहमुखी अर्थतन्त्र, नेपालको श्रमशक्ति अनुत्पादक छ । अनुत्पादक नेपालीहरु किन देश छोडनसाथ उत्पादक इमान्दार र मेहनती गनिन्छन ।
विदेशी भुमिमा किर्तिमान कायम गर्न पौरखी नेपालीहरुको फेहरिस्तलाई ध्यानमा राखी घरभित्र हामी कहा चुकिरहेका छौ ।अबको समय मानिसको निर्यात गर्नै समय होइन। त्यसको हल नखोजे सम्म हामी सम्वृद्धि नेपाल निर्माण गर्न कठिनायी हुने छ । आज हामी इतिहासको नितान्त नया मोडमा उभिउका छौ । माक्र्सवाद र जनताको बहुदलीय जनवादमा टेकेर आजको एक्काईसौ शताव्दीका चुनौति र सम्भावनाहरुलाई सम्वोधन गर्नु पर्ने छ । संविधान जारि गर्दा नागरिक समानता र स्वतन्त्रताका हक अधिकका।का साथै रोजगारिका हक,आधाभुत शिक्षा स्वाथ्यसम्वन्धी हक, आवास खाद्य सम्प्रभुताको हक, उचित श्रम अभ्यासको हक मोलिक हकको रुपमा स्थापित भएका छन। महिला दलित,जनजाति,मधेशी अल्पसंख्यकहरुको विशेष व्यवस्था गरेको छ । मौलिक हकको कार्यान्वयन गर्न तीन वर्षभित्र आवश्यक कानुनहरु बनाउने प्रावधान राखिएको छ ।समाजवाद अवको नेपालको बाटो हो भन्ने सविधानमा लेखिएको छ । नेपाली जनताको आकांक्षा र ती आकांक्षालाई सम्वोधन गर्ने राज्यको सामथ्र्यका बीचमा असाधारण दुरी नै प्रमुख चुनौति हुने छ ।