नेपालगन्जमा ६ क्वीन्टल अवैध कुखुराको मासु पक्राउ

नेपालगन्ज–भारतबाट लुकाई छिपाई ल्याइएको ठूलो परिमाणको कुखुराको मासु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले नेपालगन्ज उप–महानगरपालिका ४ सल्यानी बगंला नजिकै भारतबाट लुकाईछिपाई ल्याएको अवैध ६ क्वीन्टल कुखुराको मासु नियन्त्रणमा लिएको हो ।
प्रहरीले मासुसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि संबन्धित निकायमा पठाएको जनाएको छ । भारतबाट थोरै परिमाणमा ल्याई जम्मा गरेर अन्यन्त्र लैजाँदै गरेको अवस्थामा गाडीसहित मासु नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए ।
अवैध मासु नेपालगन्जको धम्बोझीमा रहेको डिके मिट सप्लायर्सको रहेको बताइएको छ । प्रहरी निरीक्षक गौतमका अनुसार डिके मिटका एक कर्मचारी र अवैध मासु ल्याउने एक जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
डिके मिटले नेपालगन्जबाट पोखरा, काठमाडौं लगायतका ठूला शहरहरुमा मासु पु¥याउने काम गर्दछ । थप अनुसन्धान र आवश्यक कारबाहीका लागि कर्मचारीसहित मासुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।
यसअघि पनि अवैध तरिकाले मासु आयात हुँदै आएको जनगुनासो आएको थियो । बिना क्वारेन्टाईन जाँच गरी मासु ल्याउँदा मानव स्वास्थ्यलाई हानी पु¥याउने भन्दै सीमामा कडा जाँच गर्न आग्रह गरेका छन् ।
डिके मिट सप्लायर्सले यस अघि पनि ठूलो परिमाणमा अबैध रुपमा सिधा बाटो ल्याउदै गर्दा नेपालगन्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएर कारवाही चलाएको थियो । भारतमा बर्ड ल्फु फैलिएपछि भारतबाट पन्छी तथा पन्छीजन्य उत्पादन नेपाल ल्याउन प्रतिबिन्ध लगाएको छ ।
राज्यबाट ईजाजत लिएर आमनागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी व्यावसायिक गतिबिधि गर्दै आएको फर्म तथा व्यक्तिलाई कारवाही नगरी पहुँचको आधारमा छाड्ने परिपाटीले यस्ता कार्यले प्रश्रय पाउने गरेकौ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *