नेपालगन्ज–जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले यो वर्ष ५ लाख बढी सर्वसाधारणलाई हात्तीपाईले विरुद्धको औषधी खुवाउने भएको छ ।
आम जनताले औषधी सेवन अभियान अन्तगर्त ५ लाख ३५ हजार ७ सय ९७ जनालाई औषधी खुवाउने लक्ष्यका साथ १२ गते बुथ, १३ र १४ गते घर घरमा पुगेर औषधी खुवाउने तयारीलाई तिव्रता दिईएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएकौ छ ।
बाँकेमा ९ सय ९१ वुथमार्फत औषधी खुवाइने तयारीका साथ दुई हजार ३ सय स्वास्थ्य स्वय सेवक र ३ सय ४६ स्वाथ्यकर्मी परिचालन गरिने जनस्वास्थ्य प्रशासक खिम बहादुर खडकाले जानकारी दिनु भयो ।