नेपालगन्ज–महिला उद्यमी संघ बाँकेको आयोजनामा आजदेखि नेपालगन्जमा ‘होली महोत्सव तथा ब्यापार मेला’ सुरु हुँदै छ ।
महिला उद्यमीको उत्पादनको प्रचार–प्रसार गर्ने उद्देश्यले स्थानीय बागेश्वरी मन्दिरको पार्कमा मेला सञ्चालन गर्न लागिएको हो । मेला १४ गतेसम्म चल्ने संघले जनाएको छ ।
४० वटा स्टल रहने मेलामा महिलाले सञ्चालन गरेका उद्योगबाट उत्पादित बस्तु, खानाका परिकार, हस्तकला सामग्री, कृषि उत्पादन लगायतलाई प्रदर्शनमा राखिनेछ ।
चार लाख बढी खर्च हुने अनुमान गरिएको मेलामा स्थानीय कलाकारले सांगीतिक मनोरञ्जन प्रदान गर्ने संघकी महासचिव सावित्रा बस्नेतले बताउनुभयो ।